आहा ! काठमाण्डाैका सडक कति चिटिक्क

 बैशाख २, २०७७ मंगलबार ९:५:३१ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – लकडाउनकाे समयमा कम गाडी चल्ने अवस्थाकाे सदुपयाेग गर्दै काठमाण्डौ उपत्यकाका केही सडकको सुधार गरिएकाे छ । नयाँ पीच थपिएको ठाउँमा जेव्रा क्रस, सेन्टरलाइन, साइड लाइन लगायतका रेखा कोरिएको छ । सडक सफा गरिएको छ ।

बालुवाटार, पुतलीसडक, सिंहदरबार, माईतीघर नयाँ बानेश्वर, तीनकुने, गैह्रीगाउँ, सिनामङ्गललगायतका क्षेत्रका सडक अहिले निकै सुन्दर देखिएका छन् ।

माईतीघरदेखि तीनकुनेसम्म सडकको बीच भाग र छेउछाउमा पलाएका पालुवा र फुलेका फूलले सडकलाई झनै सुन्दर बनाएका छन् । बाटोमा हिँड्नेहरुले काठमाण्डौमा सँधै यस्तै सडक देख्न पाएमा कति गज्जब हुन्थ्याे भन्दै आनन्द लिइरहेको देखिन्छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया