इजरायल

 जेठ १३, २०७५ आइतबार ११:२१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

इजरायल भूमध्य सागरको पूर्वी किनारमा रहेको घना जनसंख्या भएको देश हो । संसारमा यहुदीहरुको  बहुमत भएको एक मात्र देश हो इजरायल । तीन छुट्टा छुट्टै सम्प्रदाय इसाई, यहुदी र मुस्लिमले पवित्र मान्ने भूमी जेरुसेलम इजरायलमा पर्छ । जसको स्वामित्वलाई लिएर छिमेकी मुलुकहरु र प्यालेस्टाइनसँग इजरायलको निरन्तर टकराव भइरहन्छ । जेरुसेलम नै इजरायलको राजधानी हो । तेल अभिव दोश्रो ठूलो र महत्वपूर्ण शहर हो ।

इजरायलको मुख्य भाषा हिब्रु हो । तर अंग्रेजी भाषा पनि त्यहाँ उत्तिकै प्रयोग हुन्छ । त्यहाँको मुद्रालाई सेकल भनिन्छ । एक सेकल बरावर झण्डै २१ रुपैयाँ ५० पैसा हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ । जाडो मौसम चिसो, ओसीलो र दिन छोटो हुन्छ । गर्मी मौसमा भने तातो, सुख्खा र लामो दिन हुन्छ ।

नेपाली कामदारका लागि इजरायल आकर्षक गन्तव्य मुलुक हो । मुख्य गरी नेपाली महिला कामदार इजरायल जान रुचाउँछन । अहिले त्यहाँ थोरै मात्र नेपाली कामदार केयर गिभिङ र कृषि क्षेत्रमा काम गर्छन । सरकारले २०७२ साउन २२ गते इजरायलसित केयर गिभरमा नेपाली कामदार पठाउन सम्झौता गरेको छ । केहि वर्ष देखि बन्द भएको इजरायलमा सरकार आफैंले कामदार पठाउने तयारी थालेको हो । दक्षिण कोरिया पछि जि टु जी मार्फत कामदार पठाउन सरकारले दोश्रो मुलुक इजरायलसँग सम्झौता गरेको हो ।

इजरायलमा प्रवासी कामदारलाई विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले सहायता प्रदान गर्छन ।  प्रवासी कामदारलाई गरिने भेदभावपूर्ण कामको अवस्था वा उनीहरुको जीवनस्तर उकास्नका लागि कानूनी सहायता, चिकित्सा र सामुदायिक सेवा प्रदान गरिन्छ । आप्रवासी कामदारको अधिकार उल्लंघन गर्नु इजरायलमा दण्डनीय मानिन्छ । कसैले उल्लंघन गरे जरिवाना तिर्नु पर्ने वा आपराधिक मुद्दा पनि झेल्नुपर्ने हुनसक्छ । न्यूनतम तलव ज्याला नदिएमा, तलवबाट कुनै शीर्षकमा रकम कटौती गरेमा, अपर्याप्त स्वास्थ्य विमा दिइएमा, उचित आवासको व्यवस्था नभएमा, लिखित करारपत्र वा तलव भौचर नदिएमा, पूर्व सूचना विना करार खारेज गरेमा, रोजगारदाताले पासपोर्ट जफत गरेमा, अव्यवहारिक मध्यस्थता शुल्क तिर्न माग गरेमा वा अरु कुनै अधिकार र दायित्व, स्वास्थ्य तथा आवासका सन्दर्भमा न्यूनतम अवस्था उल्लंघन भएमा आप्रवासी कामदारको अधिकार उल्लंघन भएको मानिन्छ । कसैलाई अन्याय भएको भए विदेशी श्रमिक विभागमा वा तल दिइएको ठेगाना र फोन नम्बरमा उजुरी दर्ता गर्न सकिन्छ । अन्यायमा परेर उजुरी गर्दा वा उजुरीकर्तालाई सघाउँदा रोजगारदाताले कुनै किसिमको कारवाही गर्न पाउँदैन ।

Haifa: 7/9 Pal Yam St., Zim Building, First Floor
Tel. 04-8606700, Fax: 04-8606735 
Sunday - Thursday 8:30-16:00

Jerusalem: 34 Ben Yehuda ST., Migdal Hair, 13th floor
Tel: 02-6229835 Fax:02-6229867
Sunday-Thursday 8:30-16:00

Tel Aviv: 53 Derech Shlomo
Tel: 03-5125428 Fax: 03-5125492
Sunday-Thursday 8:30-16:00

Beer Sheva: Alumot 12, Park Taasiya, Omer
Tel: 08-6253005 Fax: 08-6253000
Sunday-Thursday 8:30-16:00

इजरायलमा नेपालको दूतावास तेलअभिवमा छ । कुनै समस्या पर्दा नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह र सहयोग पाइन्छ ।

Embassy of Nepal
14th  Floor, Textile Centre Building, 2 Kaufman St.
Tel Aviv 68012, Israel 

Tel: +972(0)3 510 0111
Fax: +972(0)3 516 7965

Email: [email protected] / [email protected]
Web: https://il.nepalembassy.gov.np/​ 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया