सुदूरपश्चिममा चौथो कोरोना सङ्क्रमित पनि निको भएर घर फिर्ता

 बैशाख ११, २०७७ बिहिबार १९:६:२० | सीताराम ओझा
unn.prixa.net

कैलाली - सुदूरपश्चिममा चौथो कोरोना सङ्क्रमित महिला पनि निको भएर घर फर्किनुभएको छ । 

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर-१, की महिला बिहीबार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । उहाँको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो । 

उहाँ विरगञ्जबाट आएर १२ दिन क्वरेण्टीनमा बस्नुभएको र चैत २२ गते उहाँमा कोरोना पुष्टि भएको थियो । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण लाई जितेर स्वस्थ भइ घर फर्किनेको सङ्ख्या ४ पुगेको छ। 

 

धनगढी उप–महानगरपालिका वडा नम्बर-५, का ३४ वर्षीय पुरुष, लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरका ४१ वर्षीय पुरुष यसअघि नै निको भएर घर फर्किसक्नु भएको छ । उप–महानगरपालिकाकै वडा नम्बर-५ की ३४ वर्षीया एक महिला मात्र सेती अस्पतालको आइसोलेसनमा उपचाररत हुनुहुन्छ । 

 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया