कतारमा म ठिक छु, तर जोखिममा रहेका नेपालीलाई लिन आउ सरकार

 बैशाख १४, २०७७ आइतबार १०:५९:४९ | मेरो कथा मेरो भोगाई

सुवास शर्मा, चापागाईं/कतार ।

केही समयअघिसम्म लाग्थ्यो, सब ठिक भइहाल्छ नि । हिजोआज हेर्छु, धेरै कुराहरु बेठिक हुँदैछ । कतारमा मात्र होइन, खाडीका अरु देशहरुमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । सडकमा गाडी चल्दैनन् । कम्पनीमा काम बन्द छ ।

नेपाल जाने जहाज हाम्रा लागि आकाशमा उड्दैनन् । न नेपालले नै हामीलाई लिन जहाज पठाउँछ । कल्पना गर्दा पनि अत्यास लाग्छ । म मात्र होइन, अहिले धेरै जना आत्तिनुभएको छ । यो अवस्थामा यहाँ बस्न त पटक्कै मन छैन । तर सधैं मनको कहाँ चल्दो रहेछ र ? यो अवस्था त कसैको पनि नचल्ने आएको छ ।

सोच्दा धेरै गाह्रो छ । नसोच्दा केही पनि छैन भनेझैं पो भएको छ । सबैलाई नहोला, तर यहाँ हुने धेरै नेपालीलाई कोरोना सङ्क्रमण हुन्छ जस्तो लाग्छ बेला बेलामा त।

ल ठिक छ नेपालले एकै पटक सबैलाई लैजान परेन । तर जो जोखिममा छन्, जो बिरामी छन्, जसलाई तत्काल लैजान पर्छ, तिनीहरुलाई छुट्याएर लैजाँदा त हुन्छ नि ।

जस्तै सुगरका रोगी, प्रेसरका रोगी, दैनिक औषधि खानुपर्ने लगायतका जसलाई सङ्क्रमण देखिएको छैन, उनीहरुलाई त लैजाँदा हुन्छ नि ।

उनीहरुलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ । नेपाली दूतावासले पनि यो कुरालाई बुझेर त्यही अनुसार समन्वय गर्दा कति राम्रो हुने थियो । लगेर क्वारेण्टीनमा राखोस् ।

बरु राख्न, खाना खुवाउन सकिंदैन भने न्यूनतम पैसा तोकेर नेपाल सरकारले विदेशबाट गएका कामदारबाट दिनगन्ती रुपमा पैसा लिंंदा पनि हुन्छ ।

नियम नमान्नेलाई कडा कारबाही होस् । यहाँ धेरै नेपालीहरु सङ्क्रमित हुनुभएको छ ।

तर कतार सरकारले भनेको छैन । हाम्रो पालो कहिले हो थाहा छैन । सरकारले बेलैमा कुनै निर्णय नगर्ने हो भने त हामी जति निरीह को होला र ? त्यसैले म भन्छु, म ठिक छु, तर जोखिममा रहेका नेपालीलाई लिन आउ सरकार ।

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Rabin khadka

    May 31, 2020, 3:23 p.m.

    सरकार हामी हाम्रो खर्चमा नेपाल जान चाहान्छौ आफ्नै खर्चमा क्वारेन्टाइन मा बस्न चाहान्छौ हाम्रो पसिना ले भित्रिएको रेमिटेन्स को मात्र हिसाब नगर सरकार हामिलाइ सारो गारो पर्दा उद्दार गर सहयोग गर।

  •  0 Reply
  • Ganesh sah

    April 27, 2020, 11:38 p.m.

    राम्रो हुनथ्यो बिस्तारै बिस्तारै नेपालीलाई नेपाल फर्काउनु थियो भने

  •  0 Reply
  • Deep Shrestha

    April 26, 2020, 1:05 p.m.

    नेपाली दुतावासले १५ जना मात्र नेपालीलाई कतारमा कोरोना संक्रमण भएको छ भनेर झारा तार्ने काम भएको छ /दुतावास सुतेर बसेको छ / अहिले कतारमा ८४१९ जनालाई कोरोना पोजिटिभ छन् , नेपालीको जनसंख्या १६ % छ / अब आफै अनुमान गर्नुस यस्तो दुतावासले के समन्वय गर्ला र सरकारसंग र उद्धारको अपेक्षा गर्नु ?? अमेरिका अष्ट्रेलिया जस्ता मुलुकवाट उद्धार गर्ने काम सके पछि बल्ल मिडिल इस्ट वाट नेपालीको उद्धारको पालो आउने हो कि सन् २०२१ सम्ममा ?????

  •  0 Reply

तपाईको प्रतिक्रिया