कुवेत

 जेठ १३, २०७५ आइतबार ११:३७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिणमा साउदी अरब, उत्तरमा ईराक र पूर्वमा ईरानसित जोडिएको कुवेत पेट्रोलियम पदार्थमा बिश्वकै धनी र प्रमुख तेल उत्पादक देश मध्येको एक हो । कुवेतले ९० प्रतिशत वैदेशिक व्यापार पेट्रोलियम पदार्थकै गर्छ । मरुभूमि धेरै भएको कुवेतमा गर्मी धेरै हुन्छ । राजतन्त्रात्मक मुलुक कुवेतको राजधानी कुवेत शहर (कुवेत सिटी) हो । शालिमया, जालेब आश शुयुख, हउल्ली कुवेतका अरु शहर हुन् । 

कुवेतको मुद्रालाई कुवेती दिनार भनिन्छ जसलाई संक्षिप्तमा केडी भन्ने गरिन्छ । एक केडि बरावर झण्डै ३ सय ७० रुपैयाँ हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ । 

खेती योग्य जमिन अत्यन्तै थोरै भएको कुवेतबाट पेट्रोलियम पदार्थको निर्यात धेरै हुन्छ । कुवेतमा अरबी भाषा सरकारी कामकाजको पहिलो भाषा हो । अंग्रेजी दोश्रोे आधिकारिक भाषा हो । कुवेतमा मुस्लिम धर्म मान्नेहरुको बहुमत छ । करीव ८५ प्रतिशत मुस्लिम धर्म मान्नेहरु रहेको कुवेतमा  क्रिश्चियन धर्म मान्ने पनि छुट छ । अरु धर्मलाई भने प्रतिवन्ध लगाइएको छ ।

कुवेतका कुवेत सिटी, फर्वानिया, जिलिव, हव्ली, साल्मीया, फाहिल लगायतका शहरमा नेपालीहरु कार्यरत छन् । कुवेतमा डिपार्टमेन्ट स्टोरहरुमा क्यासियर, गाडी चालक, सुरक्षा गार्ड, कारखानामा मजदुर, होटलमा सफाई मजदुरका रुपमा नेपालीहरु काम गर्छन् । भारतको अवैध बाटो हुँदै कुवेत गएका धेरै नेपाली महिला घरेलु कामदार छन् । तर उनीहरुको आधिकारिक तथ्यांक पाईदैन । समय समयमा उनीहरु मानसिक र शारिरीक शोषणमा परेको र दुव्र्यवहारमा परेको घटना सार्वजनिक हुने गरेको छ ।  

कुवेतमा नेपालको दूतावास राजधानी कुवेत सिटीमा छ । कुनै समस्या परेमा कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह र सहयोग पाईन्छ । दूतावासको फोन नम्वर ९६५—२५३२१६०३, ९६५—२५३२१६०४ हो वा ९६५--२५३२१६०५ । नेपाली दूतावासको वेभसाईट https://kw.nepalembassy.gov.np/ मा थप जानकारी पाईन्छ। 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया