अन्नपूर्ण पदमार्गको हिमपहिरोमा हराएका थप एक जनाको शव फेला

 बैशाख १६, २०७७ मंगलबार १८:५२:२२ | सुमन गुरुङ
unn.prixa.net

कास्की - कास्कीको अन्नपूर्ण पदमार्गको हिमपहिरोमा हराएका थप एक जनाको शव फेला परेको छ । 

गएको माघ ३ गते अन्नपूर्ण पदमार्ग, हिंकु खोंचको हिमपहिरोमा परेर ४ जना कोरियन र ३ जना नेपाली हराएका थिए । सोमबार एकजना कोरियन नागरिकको शव हिंकु खोंच क्षेत्रमा नेपाली सेनाले फेला परेको हो । 

नेपाली सेनाका अनुसार कोरियन नागरिकको शव पोखरामा रहेको पश्चिम पृतनाको समन्वयमा विशेष फौज बाहिनी अन्तरर्गत सेकेन्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले फेला पारेको हो । शवलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको छ । 

यसअघि २ जना कोरियन नागरिक र २ जना नेपालीको शव फेला परिसकेको छ । बाँकी रहेका एक कोरियन र एक नेपाली नागरिकको नेपाली सेनाको उद्धार टोलीले खोजी गरिरहेको छ । 

अन्तिम अपडेट: चैत १७, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया