बलिवुड अभिनेता इरफान खान आईसीयूमा भर्ना

 बैशाख १७, २०७७ बुधबार ७:१:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बलिवुड अभिनेता इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । 

उनको स्वास्थ्य अवस्था किन बिग्रियो र उनको समस्या के हो र आईसीयूमा किन भर्ना गरियो, अहिले यसबारेमा कुनै जानकारी सार्वजनिक भइसकेको छैन । 

अस्पताल स्रोतले इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएको र आईसीयूमा भर्ना गरेको बाहेर अरु जानकारी दिन मानेका छैनन् । इरफान खानका परिवारले पनि अधिकारिक रुपमा अरु केही बताएका छैनन् । 

इरफान खानका एक प्रवत्ताले निकालेको बयानमा भनिएको छ, ‘इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको कुरा साँचो हो । उनलाई कोलन इन्फेक्शन भएको छ । हामी सबै उनको बारेमा जानकारी दिइरहनेछौँ । अहिले उनी डाक्टरको निगरानीमा छन् । उनको शक्ति र साहसले उनलाई बिमारीसँग लड्न मद्दत गरिरहेको छ । उनको अपार इच्छा शक्ति र उनका चाहनेहरुको माया र आशीर्वादले उनी चाँडै नै ठिक हुनेछन् ।’

स्वास्थ्य धेरै बिग्रिएको कारण इरफानलाई आईसीयूमा भर्ना गरिएको एक नजिकको स्रोतले नाम नबताउने शर्तमा भने । 

गएको वर्ष सन् २०१९ मा इरफान खान लण्डनमा उपचार गराएर फर्किएपछि कोकिलाबेन अस्पतालका डाक्टरको रेखदेखमा रहेका थिए । 

फिल्म ‘अङ्ग्रेजी मिडियम’ का क्रममा उनको स्वास्थ्य स्थिति बिग्रिएको बताइन्छ । यस कारण कैयौँ पटक शुटिङ नै रोकिएको थियो । जब इरफान खान राम्रो भएको महसुस गर्थे तब शुटिङ हुन्थ्यो । भर्खरै मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो । 

लकडाउनका कारण इरफान खान आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएनन् । उनले भिडियो कलमार्फत उपस्थिति जनाएको बताइएको छ । 

५४ वर्षीय इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित छन् । उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्बई फर्किएका थिए । 

दुई वर्षअघि सन् २०१८ मा इरफानले आफूमा बिमारी रहेको थाहा पाएका थिए । उनी आफैले यो खबर शेयर गरेका थिए । 

उनले ट्विट गरेका थिए, ‘जिन्दगी अचानक केही यस्तो हुन्छ, जसले तपाईँलाई अघि लिएर जान्छ । मेरो जिन्दगीमा पछिल्लो कही दिन यस्तै भइरहेको छ । मलाई न्युरोएन्डोक्राइन ट्युमर नामक बिमारी भएको छ । मेरा नजिकका आफन्तको माया र साहसले मलाई आश जगाएको छ ।’

बिमारीको बारेमा थाहा पाएपछि इरफान उपचारको लागि लण्डन गएका थिए । त्यहाँ झण्डै एक वर्ष रहे र २०१९ मार्चमा भारत फर्किएका थिए । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया