रहेनन् अभिनेता इरफान खान

 बैशाख १७, २०७७ बुधबार १२:३३:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बलिवुड अभिनेता इरफान खानकाे निधन भएकाे छ । 

पछिल्लाे केही दिनदेखि इरफानकाे स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मङ्गलबार उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएकाे थियाे ।

निर्देशक शूजित सरकारले ट्वीट गर्दै इरफान खानकाे निधन भएकाे जानकारी दिएका हुन् । इरफान ५४ वर्षका थिए । 

मङ्गलबार अस्पतालले पनि इरफानकाे स्वास्थ्य अवस्था नाजुक भएकाे बताएकाे थियाे । उनलाई श्वास लिन पनि अप्ठ्याराे भइरहेकाे अस्पतालले जनाएकाे थियाे ।

इरफान खानले आफ्नाे अभिनय काैशलका कारण बलिवुडमा छुट्टै छाप छाेडेका थिए । 

मकबूल, लन्च बक्स, पीकू, पान सिंह ताेमरले छुट्टै पहिचान दियाे

सन् १९८८ मा आएकाे मीरा नायरकाे फिल्म सलाम बम्बे बाट इरफानले सुरुवात गरेका थिए । पछि उनले 'मकबूल', 'लाइफ इन अ मेट्राे', 'द लन्च बक्स', 'पीकू', 'तलबार', 'हिन्दी मिडिमय' जस्ता फिल्ममा काम गरे । उनले 'हासिल' (नेगेटिभ राेल), 'लाइफ इन मेट्राे' (बेस्ट एक्टर), 'पान सिंह ताेमर' (बेस्ट एक्टर क्रिटीक) र 'हिन्दी मिडियम' (बेस्ट एक्टर) का लागि फिल्मफेयर अवार्ड जितेका छन् । 

इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित थिए । उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्बई फर्किएका थिए । 

निर्देशक शूजित सरकारले ट्विटमा लेखेका छन्, 'मेराे साथी इरफान, तपाईँले धेरै लड्नुभयाे, मलाई तपाईँप्रति सधैँ गर्व रहनेछ । हामी अर्काे पटक फेरि भेट्नेछाैँ । ईश्वरले तपाईँकाे आत्मालाई शान्ति प्रदान गरुन् र तपाईँकाे परिवारलाई पनि सहनशक्ति प्रदान हाेस् ।' 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया