अस्पताल भर्ना भए बलिवुड अभिनेता ऋषि कपूर

 बैशाख १८, २०७७ बिहिबार ९:३०:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बलिवुड अभिनेता ऋषि कपूर अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईकाे एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएकाे हाे । 

ऋषिका दाइ रणधीर कपूरले यसबारेमा जानकारी दिएका हुन् । ६७ वर्षीय ऋषि कपूरलाई बुधबार बिहान अस्पतालमा भर्ना गरिएकाे हाे । 

रणधीर कपूरले समाचार एजेन्सी पीटीआईसँग भने, 'अहिले उनी अस्पतालमा छन् । उनलाई क्यान्सर छ र श्वासप्रश्वाससम्बन्धी समस्या छ । अहिले उनकाे अवस्था स्थिर छ ।'

अमेरिका झण्डै एक वर्षसम्म क्यान्सरकाे उपचार गरेपछि ऋषि कपूर गएकाे वर्षकाे सेप्टेम्बरमा भारत फर्किएका थिए । यही वर्षकाे फेब्रुअरीमा स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गरिएकाे थियाे । 

सामाजिक सञ्जालमा उनका समर्थकले उनकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया