ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन

 बैशाख १८, २०७७ बिहिबार १०:३:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ । मङ्गलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईकाे एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएकाे थियाे । 

ऋषि कपूरका दाजु रणधीर कपूरले उनकाे निधनकाे पुष्टि गरेका हुन् ।

मङ्गलबार रणधीर कपूले भनेका थिए, 'उनी अस्पतालमा क्यान्सरसँग लडिरहेका छन् । उनलाई सास फेर्न समस्या भइरहेकाे थियाे, त्यसपछि उनलाई अस्पताल भर्ना गरिएकाे थियाे । तर यसअघि गएकाे फेब्रुअरी महिनामा ऋषि कपूर दुई पटक अस्पताल भर्ना भएका थिए ।'

ऋषि कपूर दिग्गज अभिनेता राज कपूरका छाेरा थिए । ऋषि कपूरका सहाेदर हुन्– रणधीर कपूर, ऋतु नन्दा, रिमा जैन र राजीव कपू ।

ऋषि कपूरले आफ्नाे फिल्मी करियरकाे सुरुवात सन् १९७३ मा बबी फिल्मबाट गरेका थिए । यसका साथै उनी बाल कलाकारकाे रुपमा श्री ४२० र मेरा नाम जाेकर मा देखिएका थिए । ऋषि कपूरकाे अन्तिम फिल्ममा इमरान हाशमीसँग बडी मा काम गरेका थिए । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया