बेवारिसे बम पड्किँदा रोल्पामा ४ बालबालिकाको ज्यान गयो

 बैशाख १८, २०७७ बिहिबार २०:३८:० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - बाख्रा चराउन गएको बेला बेवारिसे बम हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरिगाउँमा ४ बालबालिकाको ज्यान गएको छ ।

विस्फोटमा परेर ज्यान गुमाउनेमा गैरिगाउँ ७ का एकै घरका दिदीभाइ ११ वर्षीया विमला केसी र ५ वर्षका विजय केसीसहित छिमेकी १४ वर्षका नोखिराम डाँगी र १३ वर्षका गौरव नेपाली रहेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष् शान्तकुमार ओलीले जानकारी दिनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष सावित्रा बुढा मगरले उज्यालोलाई जानकारी गराए अनुसार एउटा बम अझै बाँकी रहेको र त्यसलाई डिस्पोज गर्ने तयारी भैरहेको छ । विस्फोट भएको बम सशस्त्र द्वन्द्वको बेला जंगलमा लुकाइएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनाका बारेमा बुझ्न प्रहरी चौकी नुवागाउँको टोली त्यहाँ पुगेको छ भने जिल्लाप्रहरी कार्यालयबाट पनि प्रहरी प्रमुखसहितको टोली गइरहेको प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया