चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
रोल्पा – त्रिवेणी गाउँपालिका ७ दुम्ला खोलामा बिहीबार साँझ भएको बम विष्फोटमा चार जना बालबालिकाको ज्यान गएपछि त्याे ठाउँलाई अहिले सिल गरिएको छ ।
एउटा बम विष्फोट भएको र अर्काे एउटा विष्फोट नभएकाले त्याे ठाउँमा अहिले इलाका प्रहरी कार्यालय होलेरी र सशस्त्र प्रहरीको तिला ब्यारेकबाट खटिएको सुरक्षाकर्मीको टोलीले सुरक्षा दिइरहेको त्रिवेणी गाउँपालिका २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो ।
बिहीबार साँझ ६ बजेतिर विष्फोट भएको घटनास्थलमा दहबनमा रहेकाे सेनाको टोलीले निरीक्षण गरी बम डिस्पोजका लागि अहिले दाङबाट डिस्पोजल टोली बोलाएको छ । सशस्त्र द्वन्द्वको बेला दुम्ला डाँडामा तत्कालीन माओवादी र सेनाबीच दोहोरो सङ्घर्ष भएको थियो । त्याे बम अहिले पनि खिया नलागेकाले सुरक्षित राखेको र अझै हुन सक्ने आशङ्का गरिएको छ ।
बालबालिकाहरुले जङ्गलमा बम भेट्टाएर घर आउने बाटाेमा खेलाउँदा विष्फोट भएको हुनसक्ने अनुमान गरिएको छ । दुई जनाको शव बाटो छेउमा भेटिएकाे थियाे भने दुई जनाकाे खेतभन्दा तल भेटिएकाे थियाे । घटनाबारे थप बुझ्न घटनास्थलमा गाउँपालिकाका सबै पदाधिकारीहरु पुगेका छन् भने आज प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी पनि आउने बताइएको छ ।
विस्फाेटमा ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका ७ का लालबहादुर केसीका ११ वर्षिया छोरी विमला केसी र पाँच वर्षीय छाेरा विजय केसी छन् । यस्तै ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव नेपाली रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।