रोल्पाको त्रिवेणीमा भेटिएको बम निष्क्रिय पारियो,  शवको पोष्टमार्टम दाङमा हुने

 बैशाख १९, २०७७ शुक्रबार १८:१५:० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बाख्रा चराउन गएका बालबालिकाहरुले भेटेको एउटा बम डिस्पोज गरिएको छ ।

एउटा बम विस्फोट भएको र अर्काे एउटा विस्फोट नभएकाले दहबनबाट गएको सेनाको बम डिस्पोजल टोलीले शुक्तबार बम डिस्पोज गरेको हो । बिहीबार भएको बम विस्फोटमा ज्यान गुमाएका रोल्पाको त्रिवेणी गाउँपालिकाका ४ जना बालबालिकाहरुको शव पोस्टमार्टमका लागि दाङ पठाइएको छ ।

स्थानीय जनप्रतिनिधि, प्रहरी र पीडित परिवारहरुको सहभागितामा मुचुल्का उठाएर शवलाई पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको त्रिवेणी गाउँपालिका–२ का वडा सदस्यधनबहादुर बस्नेतले जानकारी दिनुभयो । 

यसैबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विज्ञप्ति निकालेर घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहतका लागि संघीय सरकारलाई सिफारिस गर्ने बताउनुभएको छ । 

घटनाबारेमा थप बुझ्न प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी घटनास्थल जाँदै गरेको बताइएको छ ।
यस बाहेक अरु पनि बम हुनसक्ने आशंका गरिएको छ । 

विस्फोटमा ज्यान गुमाएकामध्ये दुई बालबालिकाको शव बाटो छेउमा र अरु दुई जनाको खेतभन्दा तल पुगेको थियो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया