महोत्तरीमा १२ जनामध्ये ११ जनाको घरेलु जाँडरक्सी खाएर ज्यान गएको पुष्टि

 वैशाख २२, २०७७ सोमबार २०:२३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी - महोत्तरीमा १२ जनामध्ये ११ जनाको घरेलु जाँडरक्सी खाएर ज्यान गएको मेडिकल रिपोर्टले देखाएको छ ।

भंगहाका पलट साह, नथुनी महरा, लालवावु सिंह, सिकिन्द्र सिंह, सुकदेव महरा, रौतहट घर भई भंगहामा काठ मिस्त्रीको काम गर्दै आएका महेन्द्र चौधरी र मोहन चौधरीको जाँडरक्सी खाएर ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

त्यस्तै बर्दिवास नगरपालिका १२ का गंगाराम सदा, सोकिन्द्र मण्डल, सोमनीदेवी वातर र भारत उत्तर प्रदेश घर भइ इँटा भट्टामा काम गर्ने मोतीलाल प्रजापतिको पनि जाँडरक्सी खाएर ज्यान गएको रिपोर्टले देखाएको जनस्वास्थ्य निरीक्षक गिरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

आइतबार ज्यान गुमाएका रुप नारायण सिंह दनुवारको भने मलेरियाका कारण ज्यान गएको पनि जनस्वास्थ्य निरीक्षक झाले बताउनुभयो । शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पताल टेकु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विश्व स्वास्थ्य संगठनको टोलीले अनुसन्धान गरी ज्यान गएको कारण पुष्टि गरेको हो ।

यसैबीच प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले ज्यान गुमाउनेका  छोराछोरीलाई पढ्न राहत पुग्नेगरी सहयोग रकम उपलब्ध गराउने बताउनुभएको छ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया