बुधबारदेखि पानी पर्न कम हुने महाशाखाकाे अनुमान

 बैशाख २३, २०७७ मंगलबार ८:४८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे केही दिनदेखि चलिरहेको पानी पर्ने क्रम बुधबारदेखि कम हुने मौसमविद्ले बताएका छन् ।

बुधबारदेखि लगातार झरी तथा हावाहुरी, मेघगर्जन र चट्याङसहित ठूलाे पानी पर्ने क्रम कम हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । तर बुधबारदेखि नै टन्टलापुर घाम लाग्ने सम्भावना भने नरहेको, छिनछिनमा बदली हुने र हल्का वर्षा भने हुन सक्ने सम्भावना रहेको पौडेलले बताउनुभयो ।

आज पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ । आज देशभरिकै मौसम धुम्म रहेको र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयाे ।

काठमाण्डौ उपत्यकामा बेलुकीपख सामान्य पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया