ह्वाइट हाउस काेराेना टास्क फाेर्स समाप्त गर्दैछाैँ : डाेनाल्ड ट्रम्प

 वैशाख २४, २०७७ बुधबार ६:४०:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – ह्वाइट हाउस काेराेना टास्क फाेर्सलाई समाप्त गर्न लागिएकाे बताएका छन् । 

टास्क फाेर्सले आफ्नाे काम निकै कुशलतापूर्वक निभाएकाे तर अब यसमा केही परिवर्तन गरिने उनले बताए । 

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि काेराेना टास्क फाेर्स आउने केही हप्तामा समाप्त गरिने बताएका छन् । 

अहिले अमेरिकामा प्रत्येक दिन औसत २० हजार काेराेना भाइरसका बिरामी देखिने गरेका छन् भने एक हजारभन्दा धेरैकाे ज्यान गइरहेकाे छ । अमेरिकामा काेराेनाकाे कारण अहिलेसम्म १२ लाख सङ्क्रमित भएका छन् भने झण्डै ७० हजारकाे ज्यान गइसकेकाे छ । 

टास्क फाेर्सकाे समाप्तिलाई लिएर साेधिएकाे प्रश्नकाे जवाफ दिँदै ट्रम्पले टास्क फाेर्सलाई समाप्त गर्नुकाे अर्थ काेराेना भाइरसविरुद्धकाे लडाइँ सकिएकाे भन्न नमिल्ने बताए । 

उनले भने, 'याे बिलकुल हाेइन । काेराेना समाप्त भएपछि मात्र मिसन पूरा हुन्छ ।'

ट्रम्पका ज्वाइँले दाेस्राे टास्क फाेर्सकाे नेतृत्व गर्ने बताइएकाे छ, जसले काराेबारकाे बहालीमा ध्यान दिनेछ । 

पत्रकारसँगकाे कुराकानीमा ट्रम्पले भने, 'हामी हाम्राे देशलाई आउँदाे पाँच वर्षसम्म बन्द गर्न सक्दैनाैँ ।'

ह्वाइट हाइसकी प्रेस सचिव केली मैकएनानलीले यस विषयमा अमेरिकी सरकारले वैज्ञानिक र विशेषज्ञसँग सल्लाह नलिएकाे भन्ने आराेपकाे खण्डन गरेकी छिन् ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया