पाल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

 बैशाख २४, २०७७ बुधबार २०:४२:४ | देव पचभैया
unn.prixa.net

पाल्पा - जंगलबाट ल्याएको च्याउ खाँदा पाल्पामा एकै परिवारका ७ जना बिरामी भएका छन् ।  

तिनाउँ गाउँपालिका वडा नम्बर ३, दोभानका एकौ परिवारका अमरदीप बीसी, माया बीसी, कृष्णा सुनार, निलमाया सुनार, दिलिप सुनार, रेखा सुनार र थमन सुनार बिरामी भएको वडाध्यक्ष प्रेम पाण्डेयले जानकारी दिनुभयो । 

घर नजिकैको जंगलबाट घर ल्याएको च्याउ खाएसँगै उनीहरुलाई झाडाबान्ता हुन,े रिंगटा लाग्ने जस्ता लक्षण देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको हो । 

अस्पतालमा भर्ना गरेर उनीहरुको उपचार भैरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया