साउदीमा तलब पाउनुभएन ? दूतावासमा सम्पर्क गर्नुहोस्

 वैशाख २६, २०७७ शुक्रबार ११:५५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा कम्पनीले काम लगाउने तर कामअनुसार पारिश्रमिक नदिएमा प्रमाण सहित उजुरी गर्न त्यहाँ रहेको नेपाली दूतवासले अनुरोध गरेको छ ।

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित कम्पनीले श्रमिकको तलब ४० प्रतिशतसम्म कटौती गर्न पाउने नियम ल्याए पनि कामदारको पारिश्रमिक कटौती गर्दा कार्यघण्टासँग मिल्नुपर्ने भएकाले नमिलेमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यसरी श्रमिकले प्रमाणसहित पारिश्रमिक नपाएको गुनासो दूतावासमा टिपाएमा आवश्यक कारबाहीका लागि दूतावासले सम्बन्धित निकायमा पठाउनेछ । तर मन्त्रालयका अनुसार श्रमिकको सहमति बिना कुनै पनि रोजगारदाताले पारिश्रमिक काट्न भने पाउने छैनन् ।

कोरोनाका कारण प्रभावित नभएका कम्पनीले यो नयाँ कानुन अनुसार श्रमिकको तलब काट्न पाउने छैनन् ।

 

 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Hari Yari

    May 13, 2020, 5:57 p.m.

    म आकाे 5 महिना भाे नत तलब छ, नत खाना, कति मागेर खानु ? 1300 भाकाे छ रिन साउ आयर हात लगाउला जसताे डर छ के गरम ??

  •  0 Reply
  • तिलक

    May 8, 2020, 10:26 p.m.

    रेस्टुरेन्ट बन्द भएर बसेको 2 महिना भयो कम्पनीले सेलरी दिन चासो देखाएको छैन।बेतलबी भएर बस्नु भन्दा घर फर्किन उचित ठानेको छु।अन्धो र बहिरो सरकार समक्ष यो आवाज पुगोस।

  •  0 Reply
  • Manoj raut

    May 8, 2020, 12:18 p.m.

    हाम्रो ड्युटी पनि छैन, खानको लागि भनेर ३०० दिएको छ / कम्पनीको रुम बसेको मे ७ तारिख सम्ममा २ महिना पुरा भैसक्यो / कम्पनीले ३०० मात्र दिन्छ , घरमा धेरै दु:ख छ / त्यही भएर यहा भात खाएर बस्नुभन्दा कमाइ नभएपछि म नेपाल जान चाहान्छु /

  •  0 Reply

तपाईको प्रतिक्रिया