सरकार कुनै पनि आपराधिक कार्यको पक्षमा छैन : नेता नेम्वाङ

 बैशाख २६, २०७७ शुक्रबार १९:१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।

संघीय संसदको छैटौं अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिँदै उपनेता नेम्वाङले सरकार संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको र आपराधिक कार्यको पक्षमा नरहेको बताउनुभएको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता शेरबहादुर देउवाले बैठकमा बोल्दै सांसद अपहरण जस्तो अवाञ्छित र आपराधिक गतिविधिमा सरकार संलग्न रहेको आरोप लगाएपछि उपनेता नेम्वाङले सरकारको बचाउ गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘सांसदको अपरहणको कुरा विवादै छैन । कुनै पनि नाममा यस्ता  खालका कामहरु हुनुहुँदैन । त्यससम्बन्धी कुराहरु पनि यही संसद चल्दा चल्दैको अवस्थामा यथार्थ कुरा आउँछ भन्ने मलाई विश्वास छ । हामी कुनै प्रकारका आपराधिक कार्यहरुको पक्षमा छैनौँ ।’

उहाँले घुमाउरो शैलीमा सरकार जवाफदेही र पारदर्शी भएको दावी पनि गर्नुभयो । उहाँले देश अत्यन्तै अप्ठ्यारो र चुनौतीपूर्ण अवस्थामा रहेकाले समस्या सम्बोधन गर्ने सन्र्दभमा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

उहाँले कारोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन विकल्पहीन  बाध्यता र आवश्यकता भएको बताउनुभयो । उहाँले यो अधिवेशनले बजेटसँगै  शान्ति प्रक्रियाका बाँकी कामलाई पनि अन्तिम टुंगोमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया