कोशी प्रदेशसहित पहाडी क्षेत्रमा मौसम आंशिक बदली, तराईका केही...
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – संसदमा भोलिदेखि बजेट पूर्वको छलफल सुरु हुने भएको छ ।
भोलि बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ काे लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसपछि छलफल सुरु गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाको बैठक भोलि दिउँसो १ बजेपछि र प्रतिनिधिसभाको बैठक बिहान ११ बजेपछि बस्नेछ । प्रतिनिधिसभाको बेठकको सुरुमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
त्यसपछि अर्थ मन्त्रीले बजेट पूर्वको छलफलका लागि प्रस्ताव पेस गर्ने र त्यसपछि छलफल थाल्ने तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।