भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा करेन्ट लागेर एक जना चेपाङ युवतीको ज्यान गएको छ ।
बेनीघाट रोराङ गाउँपालिका १० काे जयपुरीमा मङ्गलबार मकै गोड्ने क्रममा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुन पुग्दा १६ वर्षीया विपना चेपाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिनुभयो ।
बिहान शिरडाँडाबाट जयपुरीमा मकै गोड्न आएकी चेपाङलाई करेन्ट लागेपछि स्थानीयले उपचारका लागि गजुरीको प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । उनको उपचारको क्रममा ज्यान गएको हो ।
एक सातअघि आएको हावाहुरीका कारण विद्युत पोल ढलेको स्थानीयहरुले विद्युत् प्राधिकरणलाई जानकारी गराएका थिए । पोल सिधा बनाउन वा विद्युत् सेवा बन्द दुवै काम प्राधिकरणले नगर्दा याे घटना भएको वडाध्यक्ष अम्बरबहादुर गुरुङले बताउनुभयो ।
घटना हुनुमा कमजोरी भएको स्वीकार गर्दै नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय धादिङका ध्रुव भण्डारीले मृतक परिवारलाई प्राधिकरणको नियम अनुसार सहयोग गर्ने बताउनुभएको छ ।
ढलेको पोल मर्मत गर्न जाने योजना बनाइएको बेला घटना भएको भण्डारीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।