यूएईमा कोरोनाको कारण मंगलबार मात्रै दुई नेपालीको ज्यान गयो

 बैशाख ३०, २०७७ मंगलबार १८:४०:४१ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – यूएईमा कोरोनाको कारण मंगलबार मात्रै दुई जना नेपालीको ज्यान गएको छ । यूएईको आबुधाबीमा एक रेष्टुरेन्टमा काम गर्ने अर्घाखाँचीका ३९ वर्षका र यूएईकै अलऐनमा नेपालको ठेगाना नखुलेका अर्का एक युवाको ज्यान गएको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समय उपचाररत अर्घाखाँचीका युवालाई कोरोना सङ्क्रमण हुनासाथ आबुधावीको ब्रुजेल अस्पतालमा भर्ना गरिएको थियो । अवस्था नाजुक बन्दै गएपछि उहाँलाई अलऐनको ब्रुजेल अस्पतालमा सारिएको थियो ।

भेण्टीलेटरमा राखेर उपचार भईरहँदा मंगलबार ज्यान गएको अस्पतालले पुष्टि गरेको कम्पनीले परिवारलाई जानकारी गराएको छ । उहाँ पहिलो पटक यूएई आउनुभएको थियो । अघिल्लो हप्ता यूएईमै अर्घाखाँचीका अर्का एक युवाको पनि कोरोना सङ्क्रमणका कारण ज्यान गएको थियो ।

अलऐन अस्पतालमा ज्यान गुमाउने अर्का युवाको भने नेपालमा ठेगाना खुलेको छैन ।

पछिल्लो समय यूएईमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमण बढे पनि राष्ट्रियता नखुलाउँदा दूतावासले सङ्क्रमित नेपालीको यकिन विवरण दिन सकेको छैन । यस्तै कोरोनको कारण ज्यान गुमाउने नेपालीको पनि दूतावासले पुष्टि गर्न छोडेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

3 Comments

  • रमेश रिजाल

    May 13, 2020, 2:37 a.m.

    खोइ ह्जुर अब सरकार ले केही गरे हुन्थ्यो नत्र परदेश मै नेपाली ले अकाल मा ज्यान गुमाउनु पर्ने अवस्था आउने भो/

  •  0 Reply
  • Namaskar hjr ma abudhabu salamcity

    May 13, 2020, 2:09 a.m.

    अहिले हामी बसेको तीन महिना भयो ...कम्पनी बन्द भएर हामी बसेको हो ...हामीसंग भएको पैसा पनि धेरै छैन ...हजुरहरुले हेल्प गर्नुपर्छ ...मेरो नाम टंकनाथ शिवाकोटी /

  •  0 Reply
  • Dilip mahato

    May 12, 2020, 7:57 p.m.

    अब नेपालीको अवस्थाबारे दुतावासले केही गरे पो थाहा हुन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया