जुम्लामा एकै दिन परीक्षण गरिएका ८ सय ४९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

 बैशाख ३१, २०७७ बुधबार १०:३:४१ | नेत्र शाही
unn.prixa.net

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जम्लाले सबै पालिकाहरुमा डाक्टरको नेतृत्वमा टोली खटाएर संकलन गरेको ८ सय ४९ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 

प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले सबैको एकै दिनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । मंगलबार बिहान ८ बजेबाट सुरु गरिएको परीक्षण रातभर काम गरेर सकिएको प्रतिष्ठानले जानकारी दिएको छ । 

यति परिणाममा नेपालमै संकलन गरेर जाँच भएको जुम्ला पहिले जिल्ला भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतलाले दावीसमेत गरेको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया