एनआईसी एसिया बैंकले जेठ महिनाकाे ब्याजमा पनि १० प्रतिशत छुट दिने

 जेठ १, २०७७ बिहिबार २१:२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनआईसी एसिया बैंकले ऋणीहरुलाई जेठ महिनामा समेत कर्जाको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । 

कोरोना भाइरसकाे कारण ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत छुट र भुक्तान गरिएको ब्याजमा १० प्रतिशत छुट दिने योजना जेठ महिनामा पनि निरन्तरता दिने बैंकले जनाएको छ ।

यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारणस्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ-आफ्नो हिसाबले योगदान पुर्‍याउनुपर्ने आजको आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले यस्तो योजना ल्याएको हो ।

राष्ट्र बैंकले चैत मसान्तमा १० प्रतिशत ब्याज छुट दिन भनेकोमा एनआईसी एसिया बैंकले वैशाखमा पनि यस्तो छुट दिएको थियो भने जेठमा पनि छुटलाई निरन्तरता दिने भएको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया