रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको मृत्यु

 जेठ ६, २०७७ मंगलबार ७:१८:३० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ ।

रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिनुभयो । काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए ।

ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा. घर्तीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया