भारतबाट अर्घाखाँची भित्रिएका १३ सय ८९ जना क्वरेण्टीनमा

 जेठ ११, २०७७ आइतबार १९:२८:२० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीमा पछिल्लो एक हप्तामा भारत तथा छिमेकी जिल्लाबाट आउनेको सङ्ख्या एक हजार तीन सय ८९ पुगेको छ । 

रोजगारीको सिलसिलामा भारत गएका नागरिकमा कोरोनाको उच्च जोखिम भएसँगै धमाधम गृह जिल्ला फर्किन थालेका छन् । भारतका विभिन्न ठाउँबाट कृष्णनगर र बेलहिया नाका हुँदै आइतबार एकैदिन पाँच सय ८७ जना जिल्ला भित्रिएका हुन् ।

पछिल्लो एक हप्तामा सन्धिखर्क नगरपालिकाका एक सय ७० जना, भूमिकास्थान नगरपालिकाका तीन सय ३६  जना, शीतगङ्गा नगरपालिकाका चार सय ४३ जना, पाणिनी गाउँपालिकाका ८८ जना, मालारानी गाउँपालिकाका दुई सय ६० जना र छत्रदेव गाउँपालिकामा ९२ जना गरी एक हजार तीन सय ८९ जना जिल्ला प्रवेश गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताउनुभयो । 

बाहिरबाट आएका नागरिकलाई जिल्लाका ६ पालिकाले बनाएको क्वरेण्टीनमा राखिएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया