थप १ सय १४ मा कोरोना पुष्टि, सङ्क्रमितको संख्या ८ सय ८६ पुग्यो

 जेठ १४, २०७७ बुधबार १६:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज एकै दिन एक सय १४ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या आठ सय ८६ पुगेको छ । विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा १सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा १७ जना, हेतौन्दा को किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना, पोखरा प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा  गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

त्यसैगरी टेकुमा रहेको रास्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म जम्मा ४७ जिल्लामा सङ्क्रमण फैलिएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया