सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
रोल्पा – रोल्पामा पछिल्लो केही दिनयता भारतबाट आउनेहरुको सङ्ख्या बढेसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि बढेको छ ।
नेपालगञ्ज र कपिलवस्तुको नाकाबाट पाँच सय ४६ जना रोल्पालीहरु घर फर्किएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । जिल्ला भित्रिएकाहरुलाई सामान्य स्वास्थ्य जाँचपछि पालकिाले स्थापना गरेको क्वरेण्टीनमा राखिएको छ ।
भारतबाट आउनेहरुमा सबैभन्दा धेरै सुनिलस्मृति गाउँपालिकाका एक सय ७६ जना रहेका छन् भने सबैभन्दा कम माडी गाउँपालिकाका दुई जना छन् । अहिलेसम्म उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको र सुरक्षित तरिकाले क्वारेण्टीनमा राखिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।
भारत तथा तेस्रो देशबाट आएकाहरुको सकेसम्म पीसीआर गर्नुपर्ने भए पनि किट अभावको कारण त्यो सम्भावना नभएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीको भनाइ छ । परीक्षणका लागि उपकरण र जनशक्तिको अभाव हुँदा अहिलेसम्म रोल्पा अस्पतालमा आएका शङ्कास्पदव्यक्तिको मात्र स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाउने गरिएको केसीले बताउनुभयो ।
आजै मात्र छिमेकी जिल्ला रुकुम पूर्वमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोल्पामा पनि सङ्क्रमणको जोखिम बढेको छ । रुकुम पूर्वका अधिकांश मान्छे रोल्पालीसँगै आउने गरेकाले उनीहरुको कन्ट्याक ट्रेसिङ गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।