सुदूरपश्चिममा थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ १५, २०७७ बिहिबार ९:५१:३२ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सुदूरपश्चिममा थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोेगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङख्या २० पुगेको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले तीन जना सङ्क्रमित थपिएको पुष्टि गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

नयाँ सक्रमितमध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा उपचार भइरहेको छ । नयाँ सङ्क्रमितहरुको संख्याका बारेमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले संसदको बैठकमा जानकारी गराएका हुन् ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।

अन्तिम अपडेट: चैत ५, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया