चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
कैलाली - कैलालीको गौरीफन्टा नाकाबाट २९ हजारभन्दा बढी नेपाली भित्रिएका छन् ।
जेठ २ गतेदेखि १५ गतेसम्म २९ हजार नेपालीहरुले नेपाल प्रवेश पाएका हुन् । बिहीबार पनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएसँगै नेपाल ल्याइएका नेपालीहरुको संख्या २९ हजार नाघेको हो ।
स्थानीय प्रशासनको समन्वयमा बिहीबार चार हजार पाँच सय ६४ जनाको उद्धार गरीएको छ । उद्धार गरिएका कसैको पनि परीक्षण भएर नेपाल ल्याईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । बिहीबार उद्धार गरिएका मध्ये १ हजार १ सय २७ जना कैलालीका मात्रै छन्।
वैशाख २ गते तीन सय ८३, ३ गते चार सय तीन, ७ गते ८ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते २ हजार ११, १० गते १ हजार नौ सय ५९, ११ गते ३ हजार ९ सय ६४, १२ गते २ हजार २ सय २७, १३ गते ५ हजार २ सय ४२ जना, १४ गते ४ हजार ७ सय ९४ र जेठ १५ गते ४हजार ५ सय ६४ जनाको उद्धार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २ र ३ गते भित्रिएका नेपालीको आरडीटी गरिएको थियो । उनीहरु मध्ये महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो । तर ७ गते आएका ८ सय ५८ जनालाई आरडीटी समेत नगरी गाउँ पठाइएको थियो । \
८ गते आएका २ हजार ४ सय ९८ जनामध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ ।
यस्तै ९ गतेदेखि १४ गतेसम्म आएका कसैको पनि आरडीटी समेत गरिएको छैन । भारतबाट फर्किएकाहरुको परीक्षण नहुँदा कोरोना भाइरस सङ्क्रमण समुदाय स्तरमा फैलिने चिन्ता गरिएको छ । तर प्रदेश सरकारले भने किट अभावको कारण देखाउँदै परीक्षणको व्यवस्था मिलाउन सकेको छैन ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले १४ दिन क्वरेन्टीनमा राखेपछि उनीहरुको परीक्षण हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।