कास्की : कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका पुरुषकाे शव व्यवस्थापन भगवती दल गणले गर्ने

 जेठ २६, २०७७ सोमबार १२:४४:२२ | सुमन गुरुङ
unn.prixa.net

कास्की - कोरोना सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाका एक पुरुषको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको फुलबारी ब्यारेकको भगवती दल गणलाई दिइएको छ । 

स्याङ्जा वालिङका ६० वर्षीय पुरुषको गण्डकी प्रदेश, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा सोमबार मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।  

शव व्यवस्थापनको लागि तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो । ‘स्थानीय निकाय समन्वयन भइरहेको छ’, उहाँले भन्नुभयो, ‘नेपाली सेनाको भगवती दल गण शव व्यवस्थापनको लागि तयारी अवस्था हुनुहुन्छ ।’

गण्डकी प्रदेशमा कोरोनाले मृत्यु भएको यो पहिलोपटक हो । घर फर्किएपछि २१ गतेदेखि क्वरेन्टीनमा बसेका उनलाई २२ गते पोखरा ल्याइएकामा साेमबार आइसाेलेसनमा मृत्यु भएकाे थियाे । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया