धादिङमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि, व्यवस्थापनमा समस्या

 जेठ २६, २०७७ सोमबार १६:२५:५१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको व्यवस्थापनमा समस्या आएको छ ।

सोमबार एकैदिन १६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको व्यवस्थापनमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर भुवन पौडेलले जानकारी दिनुभयो । 

योसँगै जिल्लाभर कोरोना सङ्क्रमण हुनेको सङ्ख्या २२ पुगेको छ । आज सङ्क्रमण पुष्टि भएकाहरु निलकण्ठ नगरपालिकाले निर्माण गरेका क्वरेण्टीनमा बस्दै आएका छन् । भारतमा काम गर्दै आएका उनीहरु लकडाउनपछि घर आएका थिए ।

धादिङ अस्पताललाई कोरोना उपचार अस्पतालको रुपमा सूचिकृत गरिएपनि आवश्यक सामाग्री र स्वास्थ्यकर्मीको अभाव भएको बेला ठूलो सङ्ख्यामा कोरोना पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण भएकाहरुको व्यवस्थापन र उपचार प्रक्रिया कसरी गर्ने भन्ने विषयमा सङ्कट व्यवस्थापन केन्द्रको बैठक राखिएको छ । नीलकण्ठ नगरपालिकाले पनि कसरी यसको व्यवस्थापन गर्ने भन्ने निर्णय गरिसकेको छैन । सोमबार बेलुकासम्म कोरोना सङ्क्रमितहरुलाई नीलकण्ठ माविको क्वरेण्टीनमै राखिने भएको छ।

अन्तिम अपडेट: चैत २८, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया