सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधि सहित ३१ जनामा कोरोना पुष्टि, कामकाज प्रभावित

 जेठ २७, २०७७ मंगलबार ७:२७:६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधि सहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाका नियमित कामकाज प्रभावित हुने भएका छन् ।

सन्धिखर्क नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाव संकलन गरी परिक्षणको लागी पठाइने र पीसीआर रिपोर्ट नआउंदासम्म नगरपालिकामा १० दिनसम्म नियमित कामकाज रोकिने भएको हो ।

नगरपालिकाका सम्पूर्ण कर्मचारीलाई होम क्वरेण्टीनमा बस्न भनिएको छ । पीसीआर रिपोर्ट नआउंदासम्म कार्यालयको सम्पुर्ण कामकाज तथा सेवा समेत बन्द रहने प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।

सङ्क्रमित जनप्रतिनिधि होम क्वरेण्टीन र बाँकीलाई सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आइसोलेसन भवनमा राखिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया