एम्बुलेन्स दुर्घटनामा पाँच जना कोरोना सङ्क्रमित घाइते

 जेठ २७, २०७७ मंगलबार ७:५२:४३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीमा कोरोना सङ्क्रमितलाई आइसोलेसनमा लिएर आउदै गरेको एम्बुलेन्स गए राति दुर्घटना हुँदा पाँच जना कोरोना सङ्क्रमित घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वरेण्टीनबाट कोरोना सङ्क्रमित लिएर हटारीनेटा आइसोलेसनमा आँउदै गर्दा खाँचिकोटमा लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

घाइते पाँचै जनाको सन्धिखर्क हटारीनेटाको आइसोलेसन कक्षमा राखी उपचार भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया