उत्तर काेरियाले भन्याे– 'दक्षिण काेरियासँग सबै सञ्चार सम्पर्क बन्द गरियाे'

 जेठ २७, २०७७ मंगलबार १४:४०:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै –उत्तर काेरियाले दक्षिण काेरियासँगकाे सबै सञ्चार सम्पर्क बन्द गरेको बताएकाे छ । 

यसमा दुवै देशका नेताहरुबीचकाे हटलाइन पनि समावेश छ । दक्षिण काेरियालाई शत्रु बताउँदै उत्तर काेरियाले याे पहिलाे कारबाही भएकाे जनाएकाे छ । 

उत्तर काेरियाकाे सीमामा रहेकाे शहर कएसाेङ्गमा बनाइएकाे सम्पर्क कार्यालय पनि मङ्गलबारदेखि बन्द गरिँदैछ । सन् २०१८ मा वार्तापछि दुवै देशबीच तनाव कम गर्नकाे लागि याे कार्यालय स्थापना गरिएकाे थियाे । 

सन् १९५३ मा काेरियाली युद्ध समाप्त भएपछि दुवै देशबीच शान्ति सम्झाैता भएकाे छैन, यस कारण अझै पनि दुवै देश प्राविधिक रुपमा युद्धकाे अवस्थामा छन् । 

उत्तर काेरियाकाे सरकारी न्युज एजेन्सी काेरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले भनेकाे छ, 'उत्तर र दक्षिण काेरियाबीच स्थापित गरिएकाे सम्पर्क लाइन पूर्णरुपमा टुट्दैछ र बन्द हुँदैछ, जसलाई उत्तर–दक्षिण काेरियाले संयुक्त कार्यालयकाे माध्यमबाट स्थापना गरेका थिए । याे कार्यालय सन् २०२० जुन ९ मध्याह्न १२ बजे बन्द गरिँदैछ ।'

उत्तर कोरियाले सैन्य सञ्चार च्यानल पनि बन्द गरिने जनाएको छ । 

काेभिड–१९ महामारीकाे कारण लागू गरिएकाे प्रतिबन्धकाे कारण सम्पर्क कार्यालय जनवरीमा अस्थाइ रुपमा बन्द गरिएकाे थियाे । यद्यपि दुई देशबीच फाेनकाे माध्यमबाट भने सम्पर्क भइरहेकाे थियाे ।

दुई देशबीच कार्यालयबाट बिहान ९ बजे र साँझ ५ बजे दुईचाेटि फाेन हुने गरेकाे थियाे । 

साेमबार दक्षिण काेरियाले २१ महिनामा पहिलाे पटक बिहानकाे फाेनकाे जवाफ नआएकाे बताएकाे थियाे त दिउँसाे भने सम्पर्क भएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया