पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
अर्घाखाँची – मालारानी गाउँपालिकाको क्वरेण्टीनमा बसेर उपचारको लागि बुटबल गएर पर्कँदै गरेका एक पुरुषको मृत्यु भएको छ ।
मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वरेण्टीनमा बसेका ५७ वर्षीय पुरुषको उपचार गरी फर्कँर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो ।
भारतबाट आउनुभएका उहाँ क्वारेण्टीनमा बस्दै आउनुभएको थियो । घाटीको शल्यक्रियासमेत गर्नुभएका उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्क जानुभएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि उहाँलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो ।
लुम्बिनी प्रादेसिक अस्पतालमा उपचारपछि घर फर्कँदै गर्दा उहाँको गोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताउनुभयो । उनको स्वाब परीक्षणको लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।