धादिङमा थप २८ जनामा कोरोना सङ्क्रमण, आइसोलेशन अभाव

 जेठ ३०, २०७७ शुक्रबार १९:५३:५६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङमा शुक्रबार थप २८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ।  

पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै २८ जनालाई कोरोना सङ्क्रमण भएको धादिङ स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर भुवन पौडेलले जानकारी दिनुभयो ।

शुक्रबार कोरोना पुष्टि भएका २७ जना व्यक्तिहरुमा ज्वालामुखी गाउँपालिका १ मा पाँचजना, वडा नम्बर २ मा १० जना, वडा नम्बर ५ मा तीन जना, वडा नम्बर ६ मा तीन जना र वडा नम्बर ७ मा ६ जना रहेका छन् । 

सङ्क्रमितमध्ये दुई जना महिला रहेका छन् । गाउँपालिकाको विभिन्न क्वरेण्टीनमा रहेका ६८ जनाको कोरोना परीक्षणको लागि जेठ २८ गते स्वाब सङ्कलन गरी जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो ।

यसैगरी सिद्धलेक गाउँपालिका वडा नम्बर २ का एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लाभर कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ६० जना पुगेको छ ।

ज्वालामूखी गाउँपालिकाले एउटा पनि आइसोलेसन नबनाएका कारण सङ्क्रमितहरुलाई क्वरेण्टीनमै राखेर उपचार गरिने गाउँपालिकाले जनाएको छ। । सिद्धलेकलेसमेत क्वरेण्टीनमै राख्ने जनाएको छ । गाउँपालिकाहरुले आइसोलेसन बनाउन नसकेका कारण सङ्क्रमितहरुलाई अन्य विकल्प छैन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया