बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको अन्त्येष्टि

 असार १, २०७७ सोमबार १९:५२:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम संस्कार गरिएकाे छ । राजपूतको मुम्बईमा अत्येष्टि गरिएको हो ।

सोमबार अन्तिम शव यात्रामा बलिउड सेलिब्रेटी र कलाकार सहभागी भएका थिए । कोरोनाको जोखिम र लकडाउनको कारण शव यात्रामा धेरै मानिस भेला हुन भने पाएनन् । अन्तिम संस्कारको लागि उनको परिवार र आफन्त पटनाबाट मुम्बई आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजपूतले आइतबार आत्महत्या गरेका थिए । तर प्रहरीले भने अहिलेसम्म उनको कुनै सुसाइड नोट फेला नपारेको जनाएको छ ।

टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका सुशान्त सिंह राजपूतले पछिल्लो समय बलिउडमा आफ्नो बलियो उपस्थिति बनाएका थिए । ‘काय पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका उनले चलचित्र 'एमएस धोनी : अनटोल्ड स्टोरी', 'छिचोरे', ‘पीके’ लगायतमा अभिनय गरेका थिए ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया