अमेरिकी राष्ट्रपति ट्रम्पसँगको सम्बन्धले मस्कको कम्पनी टेस्ला समस्यामा
चैत २, २०८१ शनिबार
भक्तपुर – राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ का विद्यार्थीलाई एक विषयमा मात्रै ग्रेट वृद्धि अर्थात पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ ।
कक्षा १२ को नतिजा प्रकाशित गर्न आज बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा बोर्ड उपाध्यक्ष चन्द्रमणि पौडेलले एक विषय भन्दा बढी विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीका लागि कुनै व्यवस्था नगरेको बताउनुभयो ।
नियमित परीक्षामा सहभागी भई अन्य सबै विषयमा ‘सी’ वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्रै अनुपस्थित भएका वा ‘डी प्लस’, ‘डी’, वा ‘ई’ ग्रेड प्राप्त गरेका विद्यार्थीले उक्त विषयको ग्रेड वृद्धि अर्थात पूरक परीक्षामा सहभागी हुन मौका दिएको छ ।
यस बाहेक अरु ग्रेड ल्याएका र एक भन्दा बढी विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीका लागि भने बोर्डले यो मौका दिएको छैन । विद्यार्थीले चाहेर पनि एकभन्दा बढी विषयमा ग्रेड बृद्धि परीक्षामा सहभागी हुन नपाउने बाध्यकारी व्यवस्था बोर्डले गरेको छ ।
उहाँले भन्नुभयो, ‘निश्चित एक विषयमा भन्दा बढी विषयमा ग्रेड अर्थात पूरक परीक्षामा सहभागी हुन पाउने छैन, एकभन्दा बढी विषयमा ग्रेड वृद्धि परीक्षा दिन चाहने विद्यार्थीले भने एक वर्ष कुरेर नियमित परीक्षा तालिका अनुसारको बोर्ड परीक्षा दिनु पर्ने व्यवस्था गरिएको छ ।’
यसका लागि बोर्डले आउँदो भदौ १६ गते शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म हुने गरी एक दिन मात्रै ग्रेड वृद्धि अर्थात पूरक परीक्षा सञ्चालन गर्ने भएको छ । ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीले भदौ १० गतेभित्र आवेदन फाराम र शुल्क बुझाइसक्नु पर्ने व्यवस्था गरेको छ ।
बोर्डले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’ र ‘सी’ प्राप्त गर्ने विद्यार्थीको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र आउँदो २१ दिनपछि मात्रै उपलब्ध गराउने र ‘डी प्लस’ को हकमा भने ग्रेड वृद्धि परीक्षामा सहभागी नहुने भएमा मात्रै यस्ता प्रमाण पत्र दिइने उहाँको भनाई थियो । यही पहिला यस्ता प्रमाणपत्र लगिसकेको विद्यार्थीलाई भने परीक्षामा सहभागी हुन नदिने भएको छ ।
आफूले प्राप्त गरेको ग्रेड चित्त नबुझेमा विद्यार्थीले प्रति विषय ५०० रुपैयाँ दस्तुर तिरेर आउँदो १५ दिन अर्थात भदौ १ गतेभित्र बोर्ड वा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन दिने व्यवस्था गरेको छ ।
विद्यार्थीको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रमा कुनै त्रुटि भएमा आगामी चार महिना भित्र आवेदन दिएर सच्याउन पाउने व्यवस्था गर्दै त्योभन्दा पछि आएको आवेदनमा कुनै सुनुवाइ नहुने व्यवस्था बोर्डले गरेको छ ।
बोर्डले आज ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको नतिजामा नियमिततर्फ ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.८१ देखि ३.२० जीपीए ल्याउनेमा ५८,३४५, २.४१ देखि २.४० जीपीए ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् ।
यस्तै १.६१ देखि २.० जीपीए ल्याउने ६६,४३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२, ७३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् ।
गत वैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी भएका थिए भने परीक्षामा ९७ विद्यार्थीको परीक्षा रद्ध गरिएको र २ जनाको परीक्षाको नतिजा स्थगित गरिएको छ ।
त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । आंशिक तर्फ २० परीक्षार्थीको परीक्षा रद्ध गर्नुको साथै ४ परीक्षाको नतिजा स्थगित गरीएको छ ।
परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np तथा नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np लगायतमा हेर्न सकिने बोर्डले जनाएको छ ।
यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशन अनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
niyukti chaudhary
Jan. 28, 2019, 2:24 p.m.23401983