अमेरिकी राष्ट्रपति ट्रम्पसँगको सम्बन्धले मस्कको कम्पनी टेस्ला समस्यामा

 चैत २, २०८१ शनिबार १५:९:३० | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर

अमेरिकी अर्बपति एलन मस्कको टेस्ला कम्पनीलाई आर्थिक नोक्सानी हुन थालेको छ । राष्ट्रपति ट्रम्पसँग नजिकिएका मस्कलाई त्यही सम्बन्धका कारण टेस्लामा नोक्सानी हुन थालेको हो ।

विश्वभरि टेस्लाको बिक्री घट्न थालेपछि कम्पनीको शेयर भाउ सोमवार एकैदिन १५ प्रतिशतले घटेको थियो । यो सन् २०२० सेप्टेम्बरपछि एकैदिनमा भएको सबैभन्दा ठूलो गिरावट हो । टेस्लाको शेयर सन् २०२५ मा ४५ प्रतिशतभन्दा बढीले कम भएको छ ।

ट्रम्पले लिएको कर नीतिसँग असन्तुष्टहरूले मस्कका कम्पनीलाई तारो बनाउँदा शेयर बजार घटेको हो । अमेरिकापछि चीन टेस्लाको दोस्रो ठूलो बजार हो । ट्रम्पको नयाँ करपछि चीनले पनि अमेरिकाबाट आयात हुने कारमा कर बढाएको छ ।

कम्पनीको शेयर बजार ओरालो लागेपछि टेस्लाले अमेरिकी सरकारलाई पत्र लेखेर ट्रम्पका व्यापार महसूलहरूले कार उद्योगमा ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ । अमेरिकी सङ्घीय कर्मचारीतन्त्रको सुधारका पक्षमा आक्रामक देखिएका मस्कले अब भने आफूलाई र आफ्नो कम्पनीलाई ट्रम्पका व्यापार नीतिहरूबाट हुने सम्भावित कठिनाइबाट जोगाउन चाहेको देखिएको बीबीसीले जनाएको छ ।

उपभोक्ताले टेस्ला गाडीलाई अरू ब्रान्डको स्टिकर टाँसेर छोप्ने, टेस्ला शोरुम अगाडि विरोध प्रदर्शन गर्ने लगायतका घटना बढेपछि राष्ट्रपति ट्रम्प आफैंले नयाँ टेस्ला गाडी किन्नुभएको थियो । तर त्यसले पनि टेस्लालाई सकरात्मक प्रभाव पार्न सकेको छैन ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया