अर्घाखाँचीका २ जनाले जिते कोरोना

 असार ३, २०७७ बुधबार १४:५:२६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँची दुई जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् ।

पाणिनी गाउँपालिका वडा नम्बर-८, पालीको कमला माविको क्वरेण्टीनमा रहेका दुई जनाले कोरोना जितेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो । 

गएको जेठ २ गते भारतको रायबरेलीबाट पैदल हिँडेरै पाँच जना अर्घाखाँची आइपुगेका उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर ८ को विद्यालयको क्वरेण्टीनमा राखिएको थियो । 

गएको जेठ १० गते शनिबार उनीहरुको थ्रोट स्वाब सङ्कलन गरिएको थियो । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा क्वरेण्टीनमा रहेका १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा पीसीआर जाँच गर्दा गएको जेठ १३ गते कोरोना पोजिटिभ देखिएको थियो । 

उनीहरु निको भएको अस्पतालले जनाएपछि पुन: स्वाब परीक्षणको लागि पठाइएको थियो । अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर गौतमले उनीहरुलाई घरमा गएर सेल्फ क्वरेण्टीनमा बस्ने गरी घरमा पठाइने जानकारी दिनुभयो । अहिलेसम्म अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ ।

अहिलेसम्म २ जनाको ज्यान गएको छ भने २ जनाले कोरोना जितेका छन् । यहाँका एक हजार पाँच सय ५६ जनाको स्वाब संकलन गरी पठाइएकोमा  ५ सय ६६ जनाको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनु भयो । । जसमध्ये ६१ जनाको कोरोना पोजिटिभ देखिएको हो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया