‘मलेसियासँग श्रम सम्झौता गरिहालौं’ – सञ्जाल

 साउन १७, २०७५ बिहिबार १८:४४:५७ | रीतु थेबे
unn.prixa.net

काठमाडौं – सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले मलेसियासँग कामदारको हितमा हुने गरी जतिसक्दाे चाँडाे श्रम सम्झौता गर्न आग्रह गरेको छ । 

अन्तर्राष्ट्रिय श्रम संगठनका मूलभूत श्रम सिद्धान्त, ढाका सिद्धान्त, न्यूयोर्क घोषणा, ग्लोबल कम्प्याक्ट फर माइग्रेसन (जिसिएम)को अन्तिम मस्यौदाका आधारमा नेपालले मलेसियासँग द्विपक्षीय श्रम सम्झौताको प्रक्रिया चाँडो अगाडि बढाउन पनि सञ्जालले सरकारसँग आग्रह गरेको छ । 

सञ्जालमा आवद्ध संस्थाका प्रतिनिधिले मलेसियामा नेपाली कामदारको विकल्प तत्काल नदेखिएको पनि जनाएका छन् । त्यसैले अहिलेको अवस्थामा सरकारले मलेसिया जाने नेपाली कामदारको सेवा, सुविधा र सुरक्षाका विषयमा वार्ता गर्ने राम्रो अवसर भएकोमा उनीहरुले जोड दिएका छन् । 

मलेसिया सरकार नेपाली कामदारका समस्या सम्बोधन गर्न तयार देखिएको भन्दै प्रेस विज्ञप्ति जारी गरेर सरकारले चालेका सुधारका योजना तथा कार्यक्रममा समेत सञ्जालले ऐक्यवद्धता जनाएको छ । 

‘माननीय मन्त्रीज्यूले मलेसिया जाने कामदारबाट अतिरिक्त आर्थिक भार थपि अनधिकृत रुपमा रकम असुल्ने केही कम्पनी र तिनका सञ्चालक विरूद्ध चालिएको कदम, कामदारको मागपत्र दूतावासबाट सिफारिसको अनिवार्य व्यवस्था, नेपाल भित्रै ठुलो संख्यामा रोजगारी सिर्जना गर्ने गरी सुरु गर्न लागिएको प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका सकारात्मक कदमको सञ्जाल स्वागत गर्दछ,’ सञ्जालले बिहीबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । 

सञ्जालमा आवद्ध संस्थाका प्रतिनिधिले मलेसियामा नेपाली कामदारको विकल्प तत्काल नदेखिएको पनि जनाएका छन् । त्यसैले अहिलेको अवस्थामा सरकारले मलेसिया जाने नेपाली कामदारको सेवा, सुविधा र सुरक्षाका विषयमा वार्ता गर्ने राम्रो अवसर भएकोमा उनीहरुले जोड दिएका छन् । 

मलेसियाको रोजगारी व्यवस्थित नभएसम्म युवालाई रोजगारीका लागि मलेसिया नपठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घोषणा गरेको छ । विभिन्न संस्था खडा गरी स्वास्थ्य परीक्षणका नाममा नेपाली कामदारबाट पैसा उठाउन थालेपछि सरकारले ती संस्था खारेज गरेर नेपाली कामदारलाई तत्कालका लागि मलेसिया पठाउन रोक लगाएको छ । 

एसियन फोरमका निलाम्बरले बडालले मलेसियामा नेपालबाट कामदार जान रोकिएपनि माग भने यथावत रहेको बताउनुभयो । मलेसियाका रोजगारदाताले नेपाली कामदारको सट्टा अरु देशका कामदार राख्न नसक्ने विश्वास बडालले व्यक्त गर्नुभयो । 

प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)का अध्यक्ष समेत  रहेका सञ्जालका अध्यक्ष कुलप्रसाद कार्कीले अहिलेको अवस्थामा मात्रै नेपाली कामदारको पक्षमा हुने गरी मलेसियासँग श्रम सम्झौता हुन सक्ने बताउनुभयो । कामदार र तिनका परिवारलाई हित हुने गरी श्रम सम्झौता चाँडै गर्नुपर्ने उहाँको भनाई छ । 

अढाई महिनादेखि नेपाली कामदार मलेसिया जान पाएका छैनन् । मलेसियाको रोजगारी व्यवस्थित नभएसम्म युवालाई रोजगारीका लागि मलेसिया नपठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घोषणा गरेको छ । विभिन्न संस्था खडा गरी स्वास्थ्य परीक्षणका नाममा नेपाली कामदारबाट पैसा उठाउन थालेपछि सरकारले ती संस्था खारेज गरेर नेपाली कामदारलाई तत्कालका लागि मलेसिया पठाउन रोक लगाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

रीतु थेबे

थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ । 

3 Comments

  • मनोज सिँह रतोकी

    Aug. 4, 2018, 12:34 p.m.

    नेपाल सरकारको यो कदम गलत हो भन्न त मिल्दैन तर बेरोजगारीको चपेटामा परेर कयौं नेपाली युवायुवतीहरु भिसा प्रोसेस गरेर कुरेका छन भने कतिपयको कलिङ भिसा आए पनि जान पएका छैनन्। २/३ महिना देखि न केही काम र रोजगारी छ न मलेसियको टुङ्गो लागेको छ। कहिले सम्झौता होला र कहिले रोजगारीको गन्तव्य तिर प्रस्थान गरौला भनेर कुरेर बसिरहेका छन, यता तिर पनि नेपाल सरकाको ध्यानाकर्षण हुन जरुरी छ। हो हामी भन्छौ सुब्यबस्थित तरिकाले कामदारहरु पठाउनु राम्रो हो तर यसरि ठप्प गरेर हैन कि आउने जाने क्रम जारी राखेर पनि त सम्झौता गर्न सकिन्छ होला नि? या त बन्द गरिसके पछि पराई भुमीमा जन पर्खेर बसेका सबैको लागि उपयुक्त रोजगारको ब्यबस्था नेपालमै गर्न सक्नु पर्छ। अनि बेरोजगारी हुदैनन् र जान पनि चाहदैनन्। तर यसरी झनै बेरोजगारीको चपेटामा परेर गरिव बर्गका युवायुवतीहरुलाई किन यो सरकार संबंधित निकायले ध्यानाकर्षण गर्न सकेन। यस्को बिकल्प छिटोभन्दा छिटो आओस् र सबैले रोजगारीको अबसर पाउनु पर्छ भन्ने धारणा मेरो रहेको छ। यो बिषयमा संबंधित निकाय र नेपालसरकारको छिटो ध्यान जाओस् । धन्यवाद ।

  •  0 Reply

  • Chhiring

    Aug. 3, 2018, 9:25 a.m.

    हुनत सरकारको तर्फवाट भएको यो काम पनि ठीकै हो, तर बिगत २ महिना बाट मलेसिया जान रोक लगाएकोले देशका लाखौँ युवा रोजगारवाट बन्चित भएको छ र सरकारले यो पनि सोच्नु कि अहिले मलेसियाले बंगलादेशको नागरिकलाई कामको लागि BAND गरेको छ / त्यसैले भोलि केहि गरि नेपालीलाई पनि 'रोक ' लगायो भने त लाखौँ युवा रोजगारवाट बन्चित हुन्छन्/ त्यसकारण जति सक्छ चाँडो भन्दा चाँडो मलेसिया कामको लागि खुल्नु पर्यो /जय नेपाल !

  •  0 Reply

तपाईको प्रतिक्रिया