अर्घाखाँचीमा एकैदिन ३० जनाले जिते कोरोना

 असार ८, २०७७ सोमबार १६:४७:२४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्क नगरपालिका १ हटारिनेटाको आइसोलेशनमा रहेका ३० जना कारोना सङ्क्रमित उपचारपछि निकाे भएका छन् ।

सन्धिखर्क नगरपालिका ६ नरपानीका १३, वडा नम्बर ७ खाँचीकोटका १५, पाणिनि गाउँपालिका ७ का  एक जना र शीतगङ्गा नगरपालिका १० का एक जना गरी ३० जनाले कोरोना जितेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो  । 

उनीहरुमा एकैदिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेशनमा राखिएको थियो । उनीहरुलाई सेल्फ क्वरेण्टीनमा बस्ने गरी घर पठाइएको हो । 

आज सङ्क्रमणमुक्त हुनेमा दुई जना महिला र २८ जना पुरुष रहेका छन्, उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति हुन् । भारतबाट फर्किएर पालिकाले बनाएका क्वरेण्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यिनीहरु गएको जेठ १० गते भूमिकास्थान नगरपालिका ९ का ३४ वर्षीय पुरुषसँगकाे सम्पर्कमा आएका व्यक्ति हुन् । ती पुरुषकाे नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो । गएको जेठ १८ गते उनको सम्पर्कमा आएका र उनीसँगै आएकाहरुको स्वाब परीक्षणकाे लागि पठाइएको थियो । 

अर्घाखाँचीमा काेरोना सङ्क्रमितको सङ्ख्या दुई सय ३९ पुगेको छ । कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।

अर्घाखाँचीमा अहिलेसम्म एक हजार ६ सय ३० जनाको स्वाब सङ्कलन गरिएको छ । नौ सय ४४ जनाको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया