नाम मात्रकाे समितिमा बस्न मन लागेन, राजीनामा दिएँ : दीपक मनाङे

 असार ८, २०७७ सोमबार १८:२९:२ | सुमन गुरुङ
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्य पदबाट राजीनामा दिनुभएको छ । 

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालालाई राजीनामा बुझाएको उहाँले बताउनुभयो । उहाँ २०७५ फागुन २८ गते समितिका सदस्य नियुक्त हुनुभएको थियो ।

नामको मात्र समिति भएको र कुनै पनि अधिकार प्राप्त नभएकाेले औचित्यहीन समितिमा बस्न मन नभएर राजीनामा दिएको उहाँले बताउनुभयो । 

क्रसर उद्योग, विकास निर्माणमा अनियमितता सम्बन्धमा आफूले समितिमा पटक–पटक कुरा उठाए पनि कुनै सुनुवाइ नभएको उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया