खोलाले बगाएका बालककोे शव भेटियो

 असार ९, २०७७ मंगलबार ८:३९:५८ | प्रेमनारायण आचार्य

अर्घाखाँची - अर्घाखाँचीको पाणिनी गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ ।

तीनदेखि बेपत्ता भएका पाणिनी गाउँपालिका–४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पुजन नेपालीको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । माइली आमासँग घर नजिकैको बारीमा जांदै गर्दा खहरे जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो ।

बालकको शवलाई पहिरोले बाटो अवरुद्ध हुँदा पोस्टमार्टमका लागि अर्घाखाँची अस्पताल लैजान सम्भव नभएपछि परिवारले त्रिवेणीमा दाहसंस्कार गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया