सुदूरपश्चिममा क्वरेण्टीनबाट घर पठाइएका २ सय ५० भन्दा धेरैमा कोरोना सङ्क्रमण

 असार ११, २०७७ बिहिबार ११:२०:३९ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा क्वरेण्टीनमा बसेपछि घर पठाइएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

घर फर्केकाहरुलाई १४ दिन क्वरेण्टीनमा राखेर पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका व्यक्तिहरुमा सङ्क्रमण भेटिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते लक्षण नदेखिएहरुलाई घर पठाउन पालिकालाई निर्देशन दिएको थियो । निर्देशन अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका ३५ हजार भन्दा बढीलाई घर पठाइएको छ ।

तर घर पठाएका दुई सय ५० भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ दिनसम्म लक्षण नदेखिएपछि घर पठाएको तर रिपोर्ट पोजेटिभ आएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताउनुभयो । डाक्टरको सल्लाह अनुसार नै उनीहरुलाई घर पठाएको पनि उहाँको दावी छ ।

लक्षण नदेखिएकालाई क्वरेण्टीनबाट घर पठाउँदा कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिन सक्ने जोखिम बढेको डाक्टरले बताएका छन् । सेती अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्माले क्वरेण्टीनमा बसेकाहरुको कोरोना परीक्षण दायरा बढाएर रिपोर्ट आएपछि मात्रै घर पठाउनुपर्ने बताउनुभएको छ ।

लक्षण नदेखिनुलाई आधार मानेर घर पठाउँदा सङ्क्रमण थप फैलनेतर्फ ध्यान दिन उहाँको सुझाव छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया