सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्र...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा ७७ वटै जिल्लामा काेराेना भाइरसकाे सङ्क्रमण फैलिएकाे छ । आज रसुवामा पनि सङ्क्रमण देखिएसँगै नेपालभर काेराेना फैलिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
शनिबार रसुवाका नाै जनासहित पाँच सय ५४ जनामा काेराेना पुष्टि भएसँगै सङ्क्रमितकाे सङ्ख्या १२ हजार तीन सय नाै पुगेकाे हाे । रसुवामा सङ्क्रमण पुष्टि भएकामा आठ जना महिला र एक पुरुष रहेका छन् ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय २० जना महिला र चार सय ३४ पुरुष गरी पाँच सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक एक सय ३६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई हजार आठ सय ३४ पुगेको छ ।
यसैबीच कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या २८ पुगेको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएकाे र उनमा सङ्क्रमण देखिएकाे मन्त्रालयले पुष्टि गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।