दोस्रो अभ्यास खेलमा नेपाली युवा टोली ७ विकेटले विजयी

 कात्तिक ३०, २०८१ शुक्रबार १६:३१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको दोस्रो अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली ७ विकेटले विजयी भएको छ ।

कर्नाटकको टोलीले दिएको १ सय २२ रनको लक्ष्य नेपाली युवा टोलीले २५ औं ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालका आकाश त्रिपाठीले नटआउट ५२, मयन यादवले ३२ रन बनाए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्नाटकको टोली ३८ ओभर १ बलमा १ सय २१ रनमा अलआउट भयो । कर्नाटकका रिशव अपाचुले ४०, प्रथिकले ३७ रन बनाए । नेपालका कप्तान हेमन्त धामी र नरेन साउदले ४/४ विकेट लिए ।

योसँगै पाँच खेलको शृङ्खलमा १–१ को बराबरी भएको छ । शृङ्खलाको पहिलो खेलमा कर्नाटकको टोली १ विकेटले विजयी भएको थियो ।

नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको पाँच वटा अभ्यास खेल खेल्न लागेको हो । यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया