नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्...
कात्तिक ३०, २०८१ शुक्रबार
भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्शन प्लान थ्री लागू भएको छ । हावाको गुणस्तर मापन सूचक (एक्यूआई) पछिल्लो तीन दिनदेखि लगातार चार सयभन्दा माथि पुगेपछि सरकारले प्लान थ्री लागू गरेको बीबीसी हिन्दीले जनाएको छ ।
आज बिहान ८ बजेदेखि लागू भएको योजना अर्को सूचना प्रकाशन नभएसम्मका लागि लागू हुने छ । यो योजनाअन्तर्गत विद्यालयका कक्षा ५ सम्म बन्द हुनेछन् । दिल्ली सरकारले अनलाइन कक्षा सञ्चालन गर्न भनेको छ । यस्तै भारत स्टेज स्टयान्डर्ड (बीएस) थ्री पेट्रोल र बीएस फोर डिजलबाट चल्ने गाडीहरूमा रोक लागेको छ ।
यस्तै भवन भत्काउन र निर्माण कार्यमा पनि रोक लागेको छ । टाइल्स, ढुङ्गा लगायत काट्न र भाँच्न रोक लागेको छ । घरहरूमा सानातिना मर्मतबाहेक सिमेन्ट, प्लास्टर वा अन्य कोटिङ्ग्सको प्रयोग हुने कामहरू गर्न पाइने छैन । डिजलबाट चल्ने जेनेरेटरहरू चलाउन पाइने छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।