पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
अर्घाखाँची – झण्डै एक वर्ष अघि छत्रदेव गाँउपालिका वडा नं ३ मौवा पोखरी लोहरी निवासी ५३ वर्षीय टाम्के कामीले साहुको पसलबाट उधारोमा लगेर घरमा टिन लगाउनुभयो । दिनहुँ मजदुरी गरेर खाने टाम्के कामीले घरमा लगाएको टिनको पैसा समयमै तिर्न नसके पछि ६ महिना पछि साहुले घरमा लगाएको टिन उखेलेर लगे ।
घरमा लगाएको टिन भनेको समयमा पैसा तिर्न नसक्दा साहुले उखेलेर लगेपछि उहाँले पहिले जस्तै सल्ला, पराल र खरले घर छाएर बस्नुभएको थियो । तर अहिले छत्रदेव गाँउपालिकाले टिन दिएपछि टिनले छाएको घरमा बस्न पाँउदा उहाँको परिवार मख्ख छन् ।
गाँउपालिकाले हुलासको २७ पाता जस्ता पाता दिएपछि उहाँले घरमा टिन लगाउनु भएको हो । उहाँले भन्नुभयो ‘पहिले ऋण तिर्न नसक्दा साहुले टिन नै उखेलेर लग्यो । अब कसले उखेल्छ म त सारै खुशी छु । बल्ल मेरो लागि सरकार आयो । मेरो वर्षौँ देखिको टिनले छाएको घरमा बस्ने रहर पूरा हुने भयो ।
‘२० वर्षदेखि एउटा घडेरी किनेर खरको छानोमा बस्दै आएका थियौँ । श्रीमान् रोगी हुनुहुन्छ केही काम गर्न सक्नुहुन्न । खरले छाएको घर पानी आउँदा चुहिन्थ्यो । गर्मीमा आगलागीको डरले दिन रात चिन्ता हुन्थ्यो । टिन पाएपछि अब ढुक्कले बसेका छौँ ।’ छत्रदेव २ बल्ल्कोट झिरबासकी बिष्णु माया नेपालीले बताउनुभयो । ‘घरमा टिन लगाउने सोचेका पनि थिएनौ अहिले गाँउपालिकाले बोलाएर टिन दिएपछि घरमा टिन लगायौँ साह्रै खुशी छु’ उहाँले भन्नुभयो ।
टाम्के कामी र बिष्णुमाया नेपाली मात्र हैन छत्रदेव गाँउपालिकाका खरको छानो भएका मानिसहरु जस्ता पाताले घर छाउन पाउँदा निकै खुशी भएका छन् । अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा गाउँपमलिकाले नै खरको छाना भएका घर हटाई घरमा जस्ता पाता लगाउन जस्ता वितरण गरेको थियो ।
छत्रदेव गाँउपालिकाले गाउँमा भएका खरको छानो हटाइ जस्ता पाता लगाउने निर्णय अनुसार गाँउ कार्यपालिकाको सभाले एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको थियो । १ करोड २० लाखको १ हजार एक सय ३५ बण्डल हुलासको गुराँस छाप टिन खरिद गरि वितरण गरिएको छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो । प्रत्येक घरमा २७ पाताका दरले जस्ता दिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।